सिरहामा अवैध रुपमा काटिएका सालका काठ बराबद



लहान : सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाबाट अवैधरूमा काटिएका सालका काठ बरामद् गरिएको छ । 

लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराति बल्टीयास्थित चुरे क्षेत्रको राष्ट्रिय वनबाट अवैध रुपमा चिरान गरी ल्याइएका तीन दशमलव ८१ क्युफिट काठ बरामद् गरेको वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिए । 

खुला सिमानाका कारण अवैध रुपमा काठको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले काठ बरामद् गरे पनि अध्यारोको फाइदा उठाउँदै काठ बोक्ने भरिया फरार भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्