कन्चनपुरमा दिउसै टर्च बालेर प्रदर्शन



कञ्चनपुर: निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्नपुरका महिला अधिकारकर्मीले टर्च बालेर बिरोध प्रदर्शन गरेका छन् । देशमा न्याय हराएकोले आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको प्रदर्शनमा सहभागि अधिकारकरमीले बताएका छन् ।

 

सोमबारदेखि धर्नासँगै प्रदर्शनमा उत्रिएको नागरिक संघर्ष समितिले आज जिल्ला प्रशासनको मुख्य द्धारमा टर्च बालेर विरोध गरेको हो । यसअघि, संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध जनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्