सुदूरपश्चिमकोे पहिलो प्रदेश स्वास्थ्य कार्यालय उद्घाटन



कैलाली : सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यालय कैलालीको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।

सरकारले देशभरका ७५ वटै जनस्वास्थ्य खारेज गरी ती कार्यालयको भूगोल हेरफेर गर्दै ३५ वटा स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरे बमोजिम यस प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलालीमा पहिलो स्वास्थ्य कार्यालय स्थापना गरेको हो ।

सोमबार कैलालीको धनगढीमा कैलाली र कञ्चनपुरलाई हेर्ने गरी स्थापना भएको स्वास्थ्य कार्यालयको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दिप प्रज्वलन तथा रिबन काटेर कार्यालयको स्थापना गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री सुवेदीले कार्यालयले न्यूनतम आधारभूत स्वास्थ्य समस्या समाधान गर्ने अपेक्षा व्यक्त गरे ।

उनले जनताले स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको गुनासो नआउने गरी कार्यालयका कर्मचारीहरुलाई काम गर्न आग्रह गरे । 

प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

स्वास्थ्य कार्यालयका निमिक्त कार्यालय प्रमुख भवानी जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्