बाहुबली भन्दा कम छैन नेपाली चलचित्र नालापानी



काठमाडौं: नेपाल विस्तारको महत्वपूर्ण ऐतिहासिक घटना ‘नालापानीको युद्ध’मा आधारित ‘नालापानी’ फिल्मको टिजर सार्वजनिक गरिएको छ। बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो ।

 

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।

 

फिल्म प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लिखित ‘वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । रिमेश अधिकारी निर्देशित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्