माेटरसाइकलमा जबर्जस्ती राखी जंगलमा लगेर बलात्कार



काठमाडौं : बालिकालाई जबरजस्ती मोटरसाइकलमा राखेर जंगलमा लगी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। एक जना भने फरार छन् । 

 

डडेल्धुराको पर्शुराम नगरपालिका–५ का २८ बर्से वीरबहादुर बोहरा र पर्शुराम–१० कै २४ वर्षीय शिवशंकर जोशीले असोज ९ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। उनीहरुले पर्शुरामधामको अनन्ते मेलाबाट घर फर्कने क्रममा ती बालिकालाई मोटरसाइकलमा राखेर नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए।

 

पीडित बालिकाका परिवारले बिहीबार इलाका प्रहरी कार्यालयमा जोगबुडामा निवेदन दिएका थिए। सोही आधारमा प्रहरीले आरोपीमध्ये बोहरालाई पक्राउ गरेको हो। जोशी अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्