चलचित्र ‘बकम्फुसे राजा’मा वर्षा र दयाहाङकाे राेमान्स



काठमाडौं : चलचित्र हो । चलचित्र क्षेत्रका २ नायिका २ वर्षा राउत र शिवाकोटीका कारण चलचित्र ‘बकम्फुसे राजा’ छायाँकंनअघि नै चर्चामा थियो ।

 

चलचित्र नगरीमा दुई वर्षाको बेला–बेलामा जुहारी चलिरहन्छ । एक वर्षाले छाडेको चलचित्रमा अर्की वर्षाले काम गर्न स्वीकार गर्ने गरेको उदाहरण धेरै आइसकेका छन् । उनीहरु दुईबीचको सम्बन्धमा समेत बेला–बेला चर्चा हुने गरेको छ । तर यस चलचित्रको चर्चा भने एकले छाड्ने र अर्कीले लिने भनेर चलेको थिएन । 

 

दुवै अभिनेत्रीलाई एउटै चलचित्रमा अभिनयका निम्ती अफर गरिएको बताइएको थियो । यसको चर्चा त्यति बेला झन चुलियो जुन बेला दुवै अभिनेत्री चलचित्र ‘बकम्फुसे राजा’ मा अभिनय गर्न तयार रहेको खबर बाहिरियो । तर अन्ततः फेरि पनि पुरानै काण्ड दोहोरियो ।

 

चलचित्रबाट वर्षा सिवाकोटीले हात झिकिसकेको बताइएको छ । तर अभिनेत्री वर्षा राउत भने चलचित्रका लागि पक्का भइसकेकी छिन् । ‘बकम्फुसे राजा’को मुख्य भूमिकामा दयाहाङ राई र वर्षा राउतले जोडी बाँध्ने बताइएको छ ।

 

रंगपत्रकार प्रकाश सुवेदीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा अझै कलाकारको छनाेट भइरहेको बताइएको छ । ‘बकम्पुसे राजा’मा निर्देशक सुवेदीले दयाहाङलाई महँगो रकममा अनुबन्धित गरेको बताइएकाे छ । चलचित्रमा अभिनयका निम्ती नयाँ नायकको खोजी भइरहेको बताइएको छ  । चलचित्रको निर्माण गणेश सुवेदीले गर्न लागेका हुन् ।

 

‘बकम्फुसे राजा’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु गर्ने तयारी भइरहेको छ  र चलचित्रको अधिकांश छायांकन भारतको हैदराबादमा गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्