श्रृङ्खला खतिवडा अन्तिम १२ मा पुगेर बाहिरिइन्



शृंखला खतिवडा ‘मिस वर्ल्ड’बाट बाहिरिएकी छिन् । मल्टिमिडिया अवार्ड जितेर अन्तिम ३० मा स्थान बनाएकी नेपालकी श्रृङ्खला खतिवडा प्रतिस्पर्धाको टप १२ सम्म पुगेकी थिइन् । उनको समुहबाट थाइल्याण्डले टप ५ मा स्थान बनायो ।

 

चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिष्पर्दामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ। नेपाल प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडालाई बलियो प्रतिस्पर्धी मानिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्