ढिस्कोले पुरिएर एकै परिवारका तीनको मृत्यु



दाङ: दाङमा माटोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर चार मौरीघाटका एकै परिवारका ३५ बर्षीय श्यामकुमारी चौधरी, ३० वर्षीय रेजीना चौधरी र १२ वर्षीय निमा चौधरी रहेका छन् ।

 

विहान १० बजेप दशैंको लागि घर पोत्ने माटो लिन घरबाट एक किलोमिटर टाढा माटो लिन गएका उनीहरुको माटो ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको थियो । उनीहरु अवेर सम्म घर नर्फिए पछि खोज्दै जाँदा ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

 

उनीहरुको शव पोष्टमार्टमका लागि लमहि अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्