झापाका किसानले युरिया मल पाएनन्



 

झापा: गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् । 

धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया मल नपाउँदा थप मारमा परेका हुन् । गौरादह नगरपालिका–२ का कृषक मित्रबहादुर बस्नेतले युरिया मल नपाउँदा समस्या भएको गुनासो गर्दै भने, “पहिलेदेखि नै रासायनिक मल प्रयोग गरियो अहिले अरु मल हाले राम्रो फल्दैन, रासायनिक मल नपाएर समस्या भयो ।” 

‘‘कृषिप्रधान देश भए पनि किसान जहिल्यै पनि मर्कामा पर्ने गरेका छन्, ’’ उनले भने, “यो विषयमा सरकारले ध्यान दिनुपर्छ ।” 

गौरादह–७ कै अर्का कृषक वेदप्रसाद चुँडालले बाली लगाउने समयदेखि उठाउने समयसम्म हामी समस्यामा पर्ने गरेका छौँ । बाली लगाउने समयमा मल–बिउ नै पाइदैन यस्ता समस्या धेरै छन्, समाधानका लागि कतैबाट पहल हुँदैन भने । धानमा रोगको पहिचान र उपचार गर्नसमेत नसकिएको र उचित मूल्यसमेत नपाउँदा आफूहरु ठूलो मर्कामा पर्ने गरेको उनको गुनासो थियो । 

नेपाली बजारमा युरिया मल नपाइएपछि कृषकले भारतीय बजारबाट न्यून गुणस्तरको मल ल्याउने गरेका छन् । ‘‘भारतीय बजारबाट लुकाएर मल ल्याउनुपर्छ’’, अर्का कृषक गणेश राजवंशीले भने, “मल गुणस्तरीय नभएपछि जस्तो भएपनि हाल्नु परेको छ ।” 

कृषि सामग्री संस्थान र साल्टट्रेडिङ कम्पनीबाट झापाका दक्षिणी क्षेत्रका डिलरलाई युरिया मल आए पनि त्यो पर्याप्त छैन् । थोरै मात्रामा मल आउँदा कृषकले गाडीबाटै मल उठाएर लाने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ