‘जङ्कफुड’मा प्रतिबन्ध



सोलुखुम्बु : बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीयवासी सकरात्मक देखिएका छन् । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयवासीले समेत अनुशरण गरेका हुन् ।

सोही गाउँपालिका वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिए । शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन् ।

“विद्यालय क्षेत्रभित्र तयारी खानेकुरामा प्रतिबन्ध लगाइने भएको छ”, कुकलुङले भने, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अग्र्यानिक खानेकुरालाई प्रवद्र्धन गर्न हामी एकमत भएका हाैँ ।” वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयंसेविकाको उपस्थिति रहेको भेलाले गरेको निर्णय महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिइने स्थानीयवासी बताउँछन् ।

विभिन्न परियोजनाले अग्र्यानिक खानेकुरासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनको प्रभावले पनि विद्यालयमा जङ्कफुड प्रयोग नगर्ने निर्णयमा पुग्न सहज भएको महिला स्वास्थ्य स्वयंसेविका रमिता कुलुङले बताए । बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नं ४ मा रहेको गुदेल माध्यमिक विद्यालयमा तयारी खानेकुरामाथि प्रतिबन्ध लगाइएको कुलुङको भनाइ छ । उनका अनुसार यो अभियानलाई सबैतिर लागू गरिनेछ ।

हरेक बारमा फरक खाजा

जङ्कफुडको विकल्पसहित बारअनुसारको विद्यार्थीलाई खाजासमेत निर्धारण गरिएको छ । निर्णयानुसार विद्यार्थीका लागि आइतबार भुटेको भात, सोमबार आलु, मङ्गलबार भुटेको मकै, बुधबार गहुँको रोटी, बिहीबार कोदोको हलुवा र शुक्रबार आलु–पिँडालुलगायत कन्दमुल खाजाका रूपमा प्रयोग गर्नुपर्नेछ ।

गाउँपालिका क्षेत्र कृषिमा आत्मनिर्भर बन्नका लागि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए । किरातीले भने, “कुन क्षेत्रमा कुन समयमा आत्मनिर्भर बन्न सक्छौँ, सोहीअनुसार बाह्य आयतलाई हामी रोक्दै जान्छौँ ।” सोही गाउँपालिकाभित्र काम गर्ने गैरसरकारी संस्था जिफाउण्डेशनसँगको सहकार्यमा गाउँपालिकाले विभिन्न योजना निर्माण गरी समृद्ध गाउँपालिका निर्माणको अभियानलाई अगाडि बढाउने योजना बनाएको बताइन्छ ।

जिल्लाको निकै दुर्गम मानिने उक्त गाउँपालिकामा साविक तीन गाविस मिलाएर पाँच वडा कायम गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले समेत छोएको सो गाउँपालिका कृषिसँगै पर्यटनमा समेत उत्तिकै सम्भावना बोकेको छ । त्यस क्षेत्रमा विशेषगरी अलैँची, किबी, चिराइतोलगायतको खेती गर्न सकिन्छ भने यसैलाई जोडेर पर्यटन प्रवद्र्धनको सम्भावना भएको पर्यटन व्यवसायी लिकराम कुलुङले बताए । “यस गाउँपालिकाभित्र पाँचपोखरी, साल्पापोखरीलगायतका धार्मिक मान्यतासहितको तालतलैयासहित हिमालसमेत छ”, उनले भने, “गाउँपालिकाभित्रको हिमाल, ताल, जडीबुटी र कृषिलाई व्यवस्थित बनाउने हो भने अरु केही गर्नुपर्दैन ।”

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामलाई समिक्षात्मक टिप्पणी गरेको छ । जसअनुसार

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको

काठमाडौं : तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक्ला छोरा प्रकाशको

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना शीर्षकमा ४ लाख ८० हजार रुपैयाँ

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले