लाखेनाच संरक्षणका लागि पहल



दमौली : लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो ।

अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच प्रतियोगिता सम्पन्न गरेको छ । कुनै समय निकै प्रख्यात रहेको लाखेनाच आजभोलि लोप हुँदै गएकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले लाखेनाचको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अहिलेको पुस्ताको दायित्व भएको बताए ।

प्रतियोगितामा कास्कीको बाल गोपाल सेवा समिति प्रथम हुन सफल भएको छ । प्रतियोगितामा तनहुँको छङ्गेली नेवाःखल दमौली द्वितीय भयो भने कास्कीको देउराली नेवाःखल र भक्तपुरको विश्वकर्मा लाखे समाजले सान्त्वना स्थान हासिल गरेको छ । भेषवूषामा तनहुँको भीमसेन सेवा समाज र अनुशासनमा तनहुँकै नेवार समाज उत्कृष्ट घोषित भए । प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः नगद रु ४० हजार र रु २५ हजार प्राप्त गरे भने सान्त्वना हुने दुवै समूहले रु चार÷चार हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा तनहुँ, कास्की, पाल्पा, स्याङ्जा, काठमाडौँ र भक्तपुरका २५ समूहको सहभागिता रहेको प्रतियोगिताका संयोजक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विजयी समूहलाई पुरस्कार वितरण गर्दै नेवाः देवदबुका केन्द्रीय अध्यक्ष नरेशमान ताम्राकारले नेवार समुदायको संस्कृति वैज्ञानिकतामा आधारित रहेको बताए । छङ्गेली नेवाःखल दमौलीका अध्यक्ष क्या तारालाल मल्लले लाखेनाच संरक्षणका लागि प्रतियोगिता आयोजना गरिनु सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर

काठमाडौं : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने

कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको

जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि

परासी : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ

जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई

दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य