रगतको रिपोर्ट दुई घण्टामै



चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ । हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्यवस्था थियो । बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट दिइँदै आएकामा दुई–दुई घण्टाको फरकमा रिपोर्ट दिन थालिएको उनले जानकारी दिए ।

परीक्षणका लागि लामो समय कुर्नुपर्ने नमूना बाहेक तत्काल परीक्षण गर्न सकिने नमूनाको रिपोर्ट तत्कालै दिन शुरु गरिएको हो । यसैगरी उक्त अस्पतालले आजदेखि नयांँ भवनबाट आकस्मिक सेवाका लागि प्याथोलोजी सेवा पनि दिन थालेको छ ।

प्याथोलोजी विभाग टाढा भएको र सबै परीक्षण त्यही हुने भएकाले आकस्मिक सेवाको लागि पनि कुर्नुपर्ने बाध्यता थियो । कार्यकारी निर्देशक आचार्यका अनुसार आकस्मिक सेवालाई बिरामी भर्ना भएको भवनबाटै सेवा दिँदा छिटो र छरितो हुने भएकाले सोको व्यवस्था गरिएको हो ।

अस्पतालका प्याथोलोजिष्ट डा. रञ्जनराज भट्टका अनुसार आकस्मिक सेवाअन्तर्गत ‘युरिया क्रेटीनियन, सोडियम, पोटासियम, हेमोग्लोबिन, प्लेटलेट्स, डब्लुबीसी काउण्ट’जस्ता परीक्षण आकस्मिक सेवाबाटै दिइनेछ ।

अन्य सबै परीक्षण प्याथोलोजी विभागबाट हुने उनले जानकारी दिए । हाल ४४३ श्यया सञ्चालनमा रेहेको सो अस्पतालमा नेपालभर र भारतबाट पनि उपचारका लागि बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् । आज (आइतबार)

काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । झापाको

काठमाडौं : देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले

काठमाडौं : गत शुक्रबारको तुलनामा आज (आइतबार) सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ

तनहुँ : दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि