बसको ठक्करबाट एकको मुत्यु



काठमाडौं : जुम्ला कनकासुन्दरी गाउँपालिकामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु हुन गएको छ । भे. १ ज ७९६ नं. को बसले गए राती कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा ठक्कर दिँदा ती व्यक्तिको मृत्यु हुन गएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कर्णली सडकमा बाटो निकै विकट रहेकाले यस्ता घटनाहरु बारम्बार घट्ने गरिरहेको यातायात व्यवसायीहरुले बताउने गरेका छन् ।

कर्णाली राजमार्गका मोडहरु निकै अप्ठेरा र कतै ठाडो उकालो त कतै निकै ओह्रालो हुने गरेकाले पनि दुर्घटना हुनबाट बचाउन निकै हम्मेहम्मे पर्ने चालकहरुको भनाइ छ । कुनै बेलामा सिंगो बसका यात्रुहरुलाई जोगाउने वा एकजनालाई भन्ने डरलाग्दो चुनौती पनि बेहोर्नु परिरहेको उनीहरुको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्