आठ लाख भारतीय रुपैयाँसहित वीरगञ्जबाट दुई जना पक्राउ



वीरगञ्ज : प्रहरीले अवैध ८ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ परेको छ ।वीरगञ्ज भन्सार कार्यालयको सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरी नेपाल बल १४ नम्बर गुल्मको टोलीले चेकजाँच गर्ने क्रममा ८ लाख ८ हजार २ सय ७२ भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ६ महाविरस्थानका अभिषेक सर्राफ र वीरगञ्ज १० आदर्शनगरका विष्णु श्रेष्ठ रहेका छन् ।

हेल्मेट र शरीरमा भारतीय रुपैयाँ लुकाएर ना ९ प १४८ नम्बरको मोटरसाईकलमा सवार भई वीरगञ्ज भित्रिने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले बताए ।

रकम र मोटरसाईकलसहित नियन्त्रणमा लिएका सर्राफ र खत्रीलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्