गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब


बनेपा : लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ ।

पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताए । “युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भइरहेको विकृतिलाई निर्मूल पार्ने उद्देश्यले सामाजिक संस्था र प्रहरी प्रशासनको सहयोगमा गाँजाको बोट नष्ट गरेका हौँ”, बस्नेतले भने, “हामीले पहिलो चरणमा पनौती पशुपतिनाथ मन्दिर परिसरदेखि सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोसम्मको करीब एक किलोमिटरभित्रका पुन्यमाता करिडोर आसपासका गाँजाका बोट नष्ट गरेका छौँ ।”

अभियानमा सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोका गुल्मपति र प्रतिनिधि, पनौती प्रहरी चौकीका प्रमुखलगायतका प्रतिनिधि, लायन्स क्लब अफ काठमाडौँ जोन प्रेसिडेन्ट भोला थापा तथा क्लबका प्रतिनिधिलगायत स्थानीय समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो । आगामी दिनमा नगरका मुख्य क्षेत्रमा भएका गाँजाका बोट नष्ट गर्दै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको