राई मुख्यसचिव बन्दै




काठमाडौं : वर्तमान सरकारका शक्तिशाली सचिवका चिनिएका गृहसचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउने तयारी भएको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै आउँदो साता बस्ने मन्त्रिपरिषदको बैठकले राईलाई मुख्यसचिवमा बढुवा गर्ने तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा जानेकी मुख्यसचिव बन्ने भन्ने दुविधामा रहेका राई अन्ततः मुख्यसचिव बन्ने भएका छन् । प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा रहेका राई मुख्यसचिव बनेर त्यसपछि आयोगको प्रमुख आयुक्त बन्ने दाउमा छन् ।

वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई दक्षिण अफ्रिका र दक्षिण कोरियामध्ये एक देशको राजदूत बनेर मार्ग प्रशस्त गर्न सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीले संकेत गरिसकेको बताइन्छ । राई मुख्यसचिव भएपछि रिक्त हुन आउने गृहमन्त्रालयको सचिव पदमा जान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत महेश्वर न्यौपाने दौडधुप गरिरहेका छन् ।

न्यौपानेले नेकपाका युवा नेता तथा सांसद महेश बस्नेतलगायतका नेताहरु मार्फत लविङ्ग गरिरहेका छन् । तर, न्यौपाने गृह प्रशासन सञ्चालन गर्न अनुभवि र सक्षम प्रशासक भने होइनन् ।

प्रतिक्रिया दिनुहोस्