शिक्षकलाई पाँच लाख सहयोग गरिने


इनरुवा : यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले जानकारी दिए । उनले एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने घोषणा गरे । अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले बताए ।

“मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो”, उनले भने । खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्किएका छन । चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन् । दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको