सिन्धुपाल्चोकमा गोली चल्यो



सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा प्रहरीले बिहीबार दिउँसो अश्रु ग्यास प्रहार गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरबीच आन्दोलनले उग्ररुप लिन थालेपछि प्रहरी र आन्दोलनकारीबीच पटक–पटक झडप हुन पुगेको थियो ।

एक मजदुर नेताका अनुसार झडपमा प्रहरीले गोली चलाउदा केही आन्दोलनकारी घाइते हुन पुगेको बताए । तर, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले भने स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको जानकारी द नेपालटपलाई दिए ।

आन्दोलनमा तीन जना घाइते भएका छ । घाइते हुनेमा दुई जना नेपाल प्रहरीका जवान र एक जना सशस्त्र प्रहरीसहित केही मजदुरहरु रहेका डीएसपी काफ्लेले बताए ।

प्रहरीले निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरले आन्दोलनका क्रममा ढुंगामुढा सुरु गरेपछि अश्रु ग्यास प्रहार गरेको उनले बताए ।

सिन्धुपाल्चोकको अम्बाथानमा दिउँसो करिब ३ः३० बजे सशस्त्र प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

मेलम्ची आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्री नयाँ ठेक्का पाएको चिनियाँ कम्पनी सिनोले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेका थिए ।

बुधबारदेखि पीडित समूहले आफ्नो पारिश्रमिक र क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्