प्रधानमन्त्री ओलीको सरकार पूरै कार्यकाल रहने : खनाल



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एव पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको पाँच वर्षसम्म प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सरकार संचालन हुने बताएका छन् ।

प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओली नै रहने बताएका हुन् ।

पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्