बेहुली झै सिँगारियो जानकी मन्दिर



जनकपुरधाम : विवाह पञ्चमीको अवसरमा धनुषाको जनकपुरस्थित जानकी मन्दिरलाई झिलिमिली बत्तिले बेहुली जस्तै सिँगारिएको छ ।

 

मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहलाई मिथिलाञ्चलबासीले प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवा महोत्सको रुपमा मनाउने गर्दछन् ।

 

एक साता चल्ने विवाह होत्सवले जनकपुरधाममा रौनकता भरिएको छ । यो अवसरमा विश्वका हिन्दुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरलाई नेपल, भारतसँगै विभिन्न देशबाट भक्तजन आउने गर्छन् ।

 

पौराणिक परम्परा अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिबार जनकपुरधाम नगर दर्शन र आइतबार फूलबारी लिला सम्पन्न भएको छ । तेस्रोदिन धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर, छैठौं दिन विवाहोत्स र सातौँदिन रामकलेवा मनाइने गरिन्छ ।

 

विवाह महोसत्सको अन्तिम दिन मंसिर २६ गते रंगभूमी मैदानमा स्वंयम्वर हुनेछ ।  जानकी मन्दिरले विवाहोत्सवमा सरिक हुन आएका साधुसन्तलाई पाहुनाको रुपमा स्वागत गर्दै  खानपान र बासको प्रबन्ध गरिएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्