नियन्त्रण बाहिर डेंगु : चार जनाको मृत्यु, २५ सयभन्दा बढी संक्रमित



काठमाडौं : पूर्व तराई–मधेशबाट फैलिएको डेंगुले हालसम्म चार जनाको ज्यान गइसकेको छ भने २५ सयभन्दा बढी मानिस संक्रमित भएका छन् । हालसम्म ४३ भन्दा बढी जिल्लामा डेंगु देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन १ गतेदखि भदौ १७ गतेसम्म दुई हजार ५ सय ५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथ्यांक सार्वजनिक गर्दै चार जनाको मृत्यु भएको जानकारी दिए ।

हालसम्म प्रदेश १ मा ७ सय ५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १ हजार ९३ जना, प्रदेश ४ मा ५ सय ७२ जना, प्रदेश ५ मा १ सय ५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको महाशाखाले जनाएको छ ।

यो रोगको संक्रमण कास्की, मकवानपुर, सुनसरी, चितवनमा बढी देखिएको बताए ।

उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत रहन चिकित्सकहरुले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्