ओली र प्रचण्डबीच ४५ मिनेट के कुरा भयो ?



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किनसाथ भेट्न बालुवाटार पुगे ।

पार्टी अध्यक्ष प्रचण्ड पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेपछि सिंगापुरमा के खिचडी पाक्दैछ भनेर शसंकित थिए ।

अध्यक्ष प्रचण्डको सचिवालय स्रोतका अनुसार शुक्रबार दिउँसो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच ४५ मिनेट भेटवार्ता भएको छ । भेटमा मुलतः ओलीको स्वास्थ्य अवस्थाबारे छलफल भएतापनि साथमा प्रचण्डले सचिवालय बैठकको सार संक्षेप सुनाएका थिए ।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षबीच समसामयिक राजनीतिक अवस्था, आगामी सचिवालयको बैठक र पार्टी तथा सरकार सञ्चालनको आगामी रणनीतिका विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्