आज–२१ भदौ २०७६ शनिबारको राशिफल



मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारीको काम तथा सानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउला । मुद्दा मामिलापनि आइलाग्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । रोजगारको अवसर मिलनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताउला । यात्रामा मालसामान हराउन सक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

मकर :(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । कार्यमा बाधा आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । व्यवसायमा मन्दी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमीको सहयोग पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन :(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्