त्रिदेशीय सीमाका नागरिक सञ्चारविहीन


दार्चुला : व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्छन् । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो पनि कैचुला टावरमार्फत घाम लागेमा मात्र मुस्किलले फोन लाग्छ । नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने व्यासका स्थानीयवासी अहिले टेलिफोन नभएकै कारण समस्यामा परेका छन् ।

झण्डै आठ÷नौ महीनादेखि व्यासको वडा नं १ को छाङ्गरु र तिङ्करमा मोबाइल नेटवर्कले काम गरेको छैन । व्यासीहरुको गत वैशाखमा कुञ्चा सरे पनि उनीहरुले राम्रोसँग फोन गर्न पाएका छैनन् । एक मात्र स्काई टावरमा हिउँदमा परेको हिमपातका कारण उपकरणमा क्षति पुगेपछि यो क्षेत्र सञ्चारविहीन बनेको हो ।

फोनलाइन नै नभएपछि यहाँका स्थानीयवासी, नेता तथा सरोकारवाला कार्यालयमा धाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराको नेतृत्वमा व्यासका राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा स्थानीयवासीले टेलिफोन सञ्चालन गर्न माग गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टलाई भेटी उनीहरुले व्यासका स्थानीयवासी सञ्चारको सेवाबाट बञ्चित भएको गुनासो गरेका छन् । त्रिदेशीय सामरिक महत्व बोकेका क्षेत्रका स्थानीयवासी लामो समयदेखि सञ्चारविहीन हुन पुगेका छन् । यसका लागि पहल थालिदिनुप-यो, उनीहरुको माग छ ।

“व्यास क्षेत्रका नागरिक मात्र नभएर यो क्षेत्रमा भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासी पनि नेपालकै फोनका भरमा छन्”, स्थानीय ललितसिंह बोहराले भने । नागरिकले पाएको सेवासुविधाबाट बञ्चित हुँदा फोनको लाइन खोज्न डाँडाकाँडा चहार्नुपरेको छ । व्यासमा निर्माण गरिएको फोनमा गत वर्ष हिमपातका कारण सोलारपाता बिग्रिएको थियो । टेलिकमको टावरमा भारी हिमपातका कारण क्षतिग्रस्त हुँदा टेलिकम दार्चुलाको प्राविधिक टोलीले टावर मर्मत गरी गत असार २५ गतेदेखि सञ्चालनमा ल्याएको थियो तर, फोनमा कुराकानी भने खासै हुन सकेन ।

टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङसहित प्राविधिक टोली टावर मर्मतका लागि असार १७ गते हेलिकप्टरमार्फत छाङरु पुगेका थिए । उनको टोलीले लामो प्रयास गरे पनि सुधार हुननसकेको स्थानीयवासीको गुनासो छ ।

दोस्रोपटक साउनमा पुनः टेलिकम क्षेत्रीय कार्यालय अत्तरिया र जिल्लाबाट टेलिकम टावर सञ्चालन गर्ने प्रयास गरे पनि उपकरणमा पुगेको क्षतिका कारण हुन नसकेको बताइएको छ । टावरको अधिकांश उपकरण परिवर्तन गरेर नयाँ सेवासुविधा थप्ने गरी तयारी थालिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।

अहिले फोन सेवा नहुँदा स्थानीयवासी पुरानै हुलाकी पत्रको युगमा पुगेको गुनासो गर्न थालेका छन् । गत वर्षसम्म सहजरूपमा उपलब्ध भइरहेको मोबाइल सेवा यो वर्ष प्रयोग नै गर्न नपाएपछि समस्यामा परेको वडाध्यक्ष अशोक बोहराले बताए । अझ पनि पुरानै युगमा पुगियो । गाउँमा खबर गर्न मान्छे पठाउनुपर्ने अवस्था भइरहेको छ । बसाइँसराइ सर्ने समय नजिकिँदैछ, फोन सम्पर्क हुँदैन ।

एक दशकअघि स्थापना गरिएको व्यासको टावरबाट छाङरु, तिङकरका साथै सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाले पनि मोबाइल सेवा उपभोग गर्दै आएका थिए । सामान्य अवस्थामा व्यासको टावरबाट एकपटकमा ३५ ग्राहकले एकसाथ कुरा गर्ने क्षमता रहेको टेलिकम दार्चुलाले जनाएको छ । स्काई फोनको यो टावरबाट हाल क्षमताभन्दा धेरै कम काम भइरहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताए । टावरमा प्राविधिक समस्या आएको र ग्राहक सङ्ख्या धेरै भएकाले मोबाइल सम्पर्क गर्न असहज भएको उनको भनाइ छ ।

यस्तै यसपालिको अत्यधिक हिमपातले टावरमा धेरै क्षति भएको हो । एन्टेनालगायतका उपकरणमा क्षति पुगेको टेलिकमले जनाएको छ । सौर्यऊर्जा प्रणालीमार्फत सञ्चालन भइरहेको व्यासको टावरमा ३२ मध्ये २४ सोलार प्यानल क्षतिग्रस्त भएका छन् । टेलिकमको स्काई टावरले काम नगर्दा सदरमुकामदेखि टाढाको बस्तीका स्थानीयवासी र आफन्तसँग सम्पर्क गर्न सकिएको छैन । अहिले टावरमा आठ सोलार प्यानल छन् । स्काई प्रविधिको व्यासको टावरमा क्षमता बढाउन नयाँ उपकरणको माग गरिएको गुरुङले बताए । पछिल्लो समय दोस्रोपटक थप सामग्री माग गरिएको छ । उक्त टावरलाई स्तरोन्नति गरेमात्रै यस क्षेत्रमा फोनका पहुँच सहज हुन्छ ।

हाल सेटेलाइट प्रविधिमार्फत व्यासको टावरबाट ६५० केभीपिएस क्षमताबाट सेवा दिइएको छ । नयाँ उपकरण जडान गरिएपछि २ एमबीपिएस क्षमताबाट सेवा दिइने उहाँले बताउनुभयो । नेपाल टेलिकमले व्यास क्षेत्रको छाङरुमा नमस्ते मोबाइलको नयाँ टावरसमेत राख्ने गरी सम्भाव्यता अध्ययन गरेको छ ।

व्यासको टावरबाट हाल झण्डै एक हजार उपभोक्ताले सेवा लिइरहेको टेलिकम दार्चुलाको भनाइ छ । भौगोलिक विकटताले रेडियो लिङ्कमार्फत टावर सञ्चालन हुननसकेको र सेटेलाइटमार्फत लिङ्क गराएर व्यासको टावर एक दशकदेखि सञ्चालन हुँदै आएको थियो । मोबाइल टावरले प्रभावकारी काम नगर्दा व्यास क्षेत्रमा रहेको प्रहरी चौकीमा पनि सञ्चार सम्पर्क गर्न समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना

पर्साः कोभिड नियन्त्रण तथा सर्वसाधारणको उपचारमा स्थानिय प्रशासन जिम्मेवार नबनेको भन्दै पर्साका विभिन्न राजनितिक दलका

काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा

काठमाडौं: पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल

जनकपुरधामः नेपालमा समेत दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि

काठमाडौं : एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ

चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा थप अध्ययन गर्न आग्रह गरेका छन्

रुपन्देही कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत