जनताप्रति समर्पित भई कार्यसम्पादन गर्नुस् : मुख्यमन्त्री गुरुङ



काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रसेवक कर्मचारीलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन् । निजामती कर्मचारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गुरुङले राष्ट्रसेवक कर्मचारी जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहित जनसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् ।

संघीय संविधान कार्यान्वयनका लागि सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न निजामती क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै गुरुङले राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिएका थिए ।

यसका लागि दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र सक्षम तथा पारदर्शी कर्मचारीको आवश्यक भन्दै गुरुङले ‘सक्षम निजामती प्रशासन’ विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस आइतबार मनाइँदै गरेको कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्