महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी बढी


ललितपुर : महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन् । बाबुबाजेको नाममा घरजग्गा रहने, उनीहरूको मृत्युपछि सो घरजग्गा भोगचलन गर्ने नातिपनातिको पालामा परिवार सङ्ख्या बढ्दै जाँदा बस्न अपुग भई समस्या भएका कारण अन्यत्र बास हाल्न बाध्य भएर उजुरी हालेको देखिन्छ ।

विगतका दुई आर्थिक वर्ष २०७४÷७५ मा २६ र २०७५÷७६ को असार मसान्तसम्ममा सो नगरपालिकामा ६२ गरी कूल ८८ उजुरी दर्ता भएको नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक निर्मला थापाले जानकारी दिए ।

“यस नगरपालिकामा अन्य शीर्षकको उजुरीको तुलनामा घरजग्गा विवादका उजुरी बढी नै परेका छन्”, थापाले भने, “नगरपालिकामा परेका कूल उजुरीमध्ये ३४ घरजग्गा विवादका मात्र छन, ती उजुरीमा १२ फछ्र्योट भइसक्यो भने २२ फछ्र्योट हुन बाँकी नै छ” ।

यसैगरी नगरपालिकामा सार्वजनिक सरोकार (सडक वा भवन) विषयक २६ विवादका उजुरी परेका छन् । सोमध्ये आठ फछ्र्योट भइसक्यो भने १८ विवादको किनारा लाग्न बाँकी नै रहेको न्यायिक समिति सदस्य सचिव तारा केसीले जानकारी दिए ।

केसीले भने, “नगरपालिकामा घरेलु हिंसा विवादका १० उजुरी परेकामा पाँच उजुरी फछ्र्योट भइसक्यो भने पाँच किनारा लाग्न अझै बाँकी नै छ ।” उनका अनुसार नगरपालिकामा अन्य शीषकतर्फको १२ उजुरी परेकामा पाँच फछ्र्योट भइसकेको छ भने यो भने सात फछ्र्योट हुन बाँकी छ ।

नगरपालिकामा ‘घर खाली गराई पाऊँ’ विषयक छ उजुरी परेका छन् । पाँच उजुरी फछ्र्योट भइसकेका छन् भने एक फछ्र्योट हुन बाँकी रहेको नगरपालिका न्यायिक समितिका कर्मचारी सिर्जना घिमिरेले बताए । घिमिरेले भने, “यस नगरपालिकामा गत दुई आवमा परेका कूल ८८ उजुरीमध्ये ३५ फछ्र्योट भइसकेको छ, ५३ को अझै किनारा लाग्न बाँकी छन् ।” नगरपालिकाले हप्ताको दुई दिन मङ्गलबार र बिहीबार न्यायिक समितिको काम गर्ने गरेको छ ।

नगरपालिकामा रहेका १० वडामध्ये ४, ५ र ८ वडाबाट १४÷१४ उजुरी न्यायिक समितिमा दर्ता भएका छन् । सबै वडाको तुलनामा वडा नं १० बाट हालसम्म कुनै उजुरी न्यायिक समितिमा नपरेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कमा उल्लेख भएअनुसार सडक मिचेको, छरछिमेकीको मनमुटाव, प्रदूषण, गाली बेइज्जती, जाँड रक्सी सेवन, ज्याला मजदुरीको पारिश्रमिक नदिएको, कुलो विवाद, अर्काको बाली नोक्सान गरेको, घरपालुवा पशुपक्षी हराएको, रुख बिरुवा, घाँस, दाउरा चोरेको, ज्येष्ठ नागरिकलाई पालनपोषण नगरेको र वातावरण प्रदूषण विषयक उजुरी नगरपालिका न्यायिक समितिमा कमै परेका छन् । नगरपालिकाले हरेक दिन न्यायिक समितिको कार्यसम्पादनमा ध्यान दिन नसकेका कारण धेरै उजुरी मेलमिलाप गराउन ढिलाइ भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको