सिरहामा एकै परिवारका चार जनामा डेंगु संक्रमण



लहान : सिरहाको गोलबजारमा पनि डेंगु देखापरेको छ । गोलबजार बनगरापलिकाका मेयरसहित चार जनामा डेंगु देखिएको स्वास्थ्य प्रमुख पवन पँजियारले जानकारी दिए ।

मेयर देवनाथ साहसहित उनका श्रीमती, बुहारी, नातिमा डेंगु संक्रमण देखिएको हो ।

त्यसैगरी वडा नं. ४ का रवीन्द्रकुमार महतो, ममताकुमारी यादव र वडा नम्बर ३ का लालबाबु कर्णमा डेंगु देखा परेको छ ।

उनीहरुको धरान, विराटनगर र काठमाडौंमा उपचार भइरहेको छ ।

गोलबजारमा डेंगु देखिएपछि थप प्रभावित हुन नदिन नगरक्षेत्रको ढल, नाला र पानी जमेको स्थानमा फगर मेसिनको प्रयोगबाट लामखुट्टे धपाउने अभियान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्