राफेल नाडाललाई युएस ओपनको उपाधि


एजेन्सी : यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए ।

नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए । तेत्तीस वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का स्टार खेलाडी रोजर फेडेररसँगै ग्रान्डस्लामको उपाधि होडमा छन् । फेडररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् ।

केन रोजवालले १९७० मा ३५ वर्षको उमेरमा अमेरिकी ओपनको उपाधि जितेका थिए । विजय भएपछि नाडालले आफ्नो टेनिस करिअरमा यो सर्वाधिक भावपूर्ण क्षण रहेको सुनाए । विजयपछि उनको आँखाबाट आँशु झरेको भिडियो फुटेज सार्वजनिक भएको थियो ।

विश्व बरियतामा नम्बर २ मा रहेका नाडालले ३८ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । उनले यसअघि अमेरिकी ओपनको उपाधि सन् २०१०, २०१३ र २०१७ मा जितेका थिए । आफूले ३० वर्षको उमेर पार गरेपछि नाडालले पाँच वटा ग्रान्डस्लाम उपाधि जितेका छन् ।

आइतबार राति खेलिएको यो प्रतियोगिता झण्डै ४ घण्टा ५० मिनेट चलेको थियो । त्यसैगरी, महिला एकलतर्फ क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी थिइन् ।

बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रहेको थियो । सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितेकी थिइन् ।

बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छिन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : ललितपुर केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ४ बजेर

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

वीरगञ्ज : देशको आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्ज कोरोना सङ्क्रमणका कारण प्रभावित बनेको छ ।

पर्सा : वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । जसमध्ये बाराका

अयोध्या (भारत) : भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले मङ्गलबार उत्तरप्रदेशस्थित अयोध्यामा राम जन्मभूमि मन्दिर निर्माणका लागि

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज

सुनसरी : इटहरी उपमहानगरपालिकाले आज (बुधबार)देखि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद