बलिउड गायक अखिल सचदेवा नेपाल आउँदै



काठमाडौं : बलिउड प्रख्यात गायक तथा संगितकार अखिल सचदेवा नेपाल आउँदै छन् । टर्टल लाउन्ज एण्ड क्लबले आयोजना गरेको कन्सर्टमा आफ्नो धमाकेदार प्रस्तुती दिन उनी नेपाल आउने भएका हुन् ।

सचदेवा गायक, संगितकार र कम्पोजर पनि हुन् । उनले थुप्रै गीतहरुमा संगित भरेका छन् भने धरै हिट गीतहरु गाइसकेका छन् । उनले नासा ब्यान्ड मार्फत आफ्नो सांगितिक यात्रा सुरु गरेका हुन् । सचदेवाले थुप्रै अवार्ड समेत हात पारिसकेका छन् ।

कन्सर्ट आउँदो शुक्रबार काठमाडौंको ठमेलमा रहेको टर्टल लाउन्ज एण्ड क्लबमा आयोजना हुँदैछ । आयोजकका अनुसार कार्यक्रम बेलुका ६ बजेपछि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्