मोटोपनाबाट हैरान हुनुहुन्छ ? हरर फिल्म हेरेर घटाउनुहोस् क्यालोरी



एजेन्सी : वेस्टमिस्टर यूनिभर्सिटीको एक अध्ययन अनुसार, हरेक दिन एक हरर(भूत)को फिल्म हेर्नाले क्यालोरी बर्न हुन्छ जसले मोटोपना घटाउन मदत पु-याउँछ । यो अध्ययन रोचक छ ।

धेरैजसो मानिसलाई रातीको समयमा एक्लै वा कसैका साथ हरर फिल्म हेर्न मन लाग्ने हुन्छ । डरलाग्ने दृश्य आएपछि सिरानी वा ब्ल्याङ्केटले मुख छोप्ने अनुभव त लगभग सबैसँग होला । कोही मानिसहरु त फिल्म हेर्दा हेर्दै चिच्याउने समेत गर्छन् तैपनि हरर फिल्मको शोक कम हुँदैन् । अर्काथरी मानिसहरु यति डराउँछन् की हरर फिल्म कहिले हेर्न नै चाहँदैनन् ।

Image result for watching horror movies

तर जब हरर फिल्मको सम्बन्ध तपाईको मोटोपनासँग हुन्छ भने ? हरर फिल्मले तपाईको मोटोपना घटायो भने ? तैपनि हरर फिल्म हेर्ने चुनौती लिन चाहानुहुन्न ? सुनेर अचम्म लाग्न सक्छ तर हरर फिल्म हेर्नाले तपाईले आफ्नो मोटोपन कम गर्न सक्नुहुनेछ ।

वेस्टमिस्टर यूनिभर्सिटीको एक अध्ययन अनुसार, ९० मिनेटको हरर फिल्मले करीब ११३ क्यालोरी कम गर्न सक्छ । यति क्यालोरी कम गर्नका लागि तपाईलाई ३० मिनेट हिड्नुपर्ने हुन्छ ।

Image result for watching horror movies

अध्ययनलाई मान्ने हो भने जति धेरै हरर फिल्म हेर्नुहुन्छ तपाईको मोटोपन त्यति नै कम हुँदै जान्छ । यधपि यस अध्ययनमा कति सच्चाई छ यसको दावा भने गर्न सकिँदैन् ।

प्रतिक्रिया दिनुहोस्