इन्द्रजात्रा : फोटो फिचर



काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

सप्ताह रूपमा मनाइने राजधानीको इन्द्रजात्रा पर्वको मुख्य दिन शुक्रबार(आज) कुमारी, गणेश र भैरव रथयात्रा गरिँदै छ । रथलाई वसन्तपुरबाट मजिपाटहुँदै जैसिदेवल भएर लगनबाट फर्काइन्छ ।

शनिबार यही रथलाई नरदेवीतर्फ लगिन्छ । इन्द्रजात्रालाई व्यवस्थित र भव्य र शान्तिमय बनाउन जात्रामा आबद्ध स्थानीय क्लब सक्रिय रूपमा जुटेका छन् । मङ्गलबार बिहान इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो ।

यसपाली इन्द्रजात्राकी कुमारी
आजको इन्द्रजात्रा रथ
प्रतिक्रिया दिनुहोस्