हंसपुर झडप : लाशमाथि राजनीति



जनकपुरधाम : हंसपुर नगरपालिका केन्द्र विवादको झडपमा मारिएका ५७ बर्षिय तपेश्वर मण्डलको परिवारजनले दोषीलाई कडा कानुनी कार्वाहीको माग गरिरहँदा मृतकको नाममा मेयर र उपमेयरले राजनीति सुरु गरेको परिवारजनको आरोप छ ।

मृतकका परिवारजनका अनुसार हंसपुरका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले मृतक मण्डलको नाममा राजनीति गर्न खोजे पनि मण्डल कुनै पनि राजनीतिक दलमा आवद् नभएका ब्यक्ति हुन् ।
मेयर मण्डल र उपमेयर झाले राष्ट्यि जनता पार्टी ( राजपा ) बाट चुनाव जिते पनि मृतक मण्डल राजपाको साधारण सदस्य नभएको बताउँदै क्रियापुत्रि बसेका उनका कान्छा छोरा उपेन्द्र मण्डलले घट्नाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्बाही गर्न सहयोग गर्नुको साटो आफ्नो मृतक बुवाको नाममा राजनीति गर्न सुरु गरेको आरोप लगाए । मेयर मण्डल र उपमेयर झा दुबैले मृतक मण्डलको नाममा आफू अनुकुल राजनीति गर्न खोजेको उपेन्द्रको भनाई छ ।

मेयर र उपमेयर एकअर्काबिरुद्व जाहेरी दर्ता गराउँदै उम्किन खोजेको तथा मेयर रामज्ञान मण्डलले जाहेरी फिर्ता लिन दबाव दिदै मृतक मण्डललाई शहिद घोषणा गर्ने र उचित क्षतिपुर्ति दिलाउने आश्वसन दिन थालेको तथा उपमेयर झाले जाहेरी फिर्ता नलिन दबाव दिने गरेको परिवारजनको भनाई छ ।

जाहेरी फिर्ता नलिए पार्टीले शहिद घोषणा गरेर उचित क्षतिपुर्तिको ब्यवस्था गरिदिने आश्वसन उपमेयर झाले दिईरहेको मृतक मण्डलको परिवारजनले बताए । घट्ना घटेको महिना दिन बित्न लाग्दा समेत छानबिन समिती समेत नबनाएकोमा आक्रोस पोख्दै उपेन्द्रले भने , झडपमा मेरो बुवालाई मरणासन्न हुने गरि पिट्नेहरुको नामै किटेर उजुरी हाल्दा समेत प्रहरीले दोषीलाई पक्राउ गरेको छैन ।

केन्द्र सार्ने बिषयमा साउन २१ गते दुई पक्षविच झडप हुँदा मण्डल घाईते बनेका थिए । उनको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा भदौ १८ गते निधन भएको थियो । मण्डलको अझै सम्म पोष्ट मार्टम रिपोर्ट आएको छैन ।
मृतक मण्डल साधारण किसान थिए । उनका तीन भाई छोरा र एक बहिनी छोरी छन् । सबैको विवाह भईसकेको छ । जेठा छोरा रामदेव मण्डल बैदेशिक रोजगारीमा छन् भने माईला र कान्छा छोरा गाउँमै कृषि गर्छन् । उनिहरुको ५ कठ्ठा जग्ग्गा छ ।
मृतक मण्डलको क्रियापुत्रि बसेका कान्छा छोरा उपेन्द्र ज्वोरो र रुघाखोकीले ग्रसित बनेका छन् । उनि उठेर बोल्न सक्ने अवस्थामा समेत छैनन् । सिटामोल खाई रहेका उनि उपचारको लागी अश्पताल पनि गएका छैनन् ।

अझै त्रसित छन् बघचौडावासी

साउन २१ गते मंगलवारे हटियाको दिन भएको झडपबारे अझै पनि कोही खुलेर बोल्न चाहँदैनन् । कोही नौलो मान्छे देख्नसाथ हंसपुरवासी तर्सिने गरेकाछन् । बघचौडाको श्री उच्च माध्यामिक विद्यालय अगाडी भएको झडपमा महिला र बालबालिका समेत घाईते बनेको स्थानिय बृद्ध रामचन्द्र साहले बताए । स्वं साह पनि झडपमा घाईते बनेका थिए ।

विहान ११ बजे ट्याक्टर लिएर बघचौडास्थित हंसपुर नगरपालिका कार्यालयको भौतिक सामाग्रि लिन आएका मेयर मण्डल पक्षधरहरुसँग उपमेयर रेणु झा पक्षको झडप भएको थियो ।
मेयर मण्डल बेल्हिचोकमा नगरपालिकाको केन्द्र सार्न चाहन्छन् भने उपमेयर झा साविककै बघचौडामा केन्द्र कायम गर्न चाहन्छिन् । र यहि बिषयलाई लिएर उत्पन्न बिवाद अहिले उत्कर्षमा छ ।

प्रतिक्रिया दिनुहोस्