प्रचण्डको फोनले प्रहरी मुख्यालयमा खैलावैला



काठमाडौ : गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालबीच कुरा नमिल्दा सचिव राईले रुपन्देही जिल्लाको प्रहरी प्रमुखको लागि दबाब दिए पनि एसपी चन्द्र कुवेर खापुङ रुपन्देही प्रहरी प्रमुख बन्न सकेनन् ।

त्यसपछि एसपी खापुङलाई झापा वा तराईका जिल्लामा प्रहरी प्रमुख बनाउने तयारी भईरहेको छ । त्यसो त नेकपाका नेता तथा पूर्वमन्त्री अग्नी सापकोटाले आफ्नो गहृजिल्लामा लैजान एकजना एसपी ठिक्क पारेपनि सरुवाको अन्तिमतिर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को फोन गएपछि थचक्क परेका छन् । प्रहरी मुख्यालय स्रोतका अनुसार सिन्धुपाल्चोक र चितवन मात्र होईन अध्यक्ष प्रचण्डले एकदर्जन जति जिल्लामा प्रहरी प्रमुख सरुवा गर्नका लागि सिफारिस गरेका थिए ।

प्रचण्डको सिफारिसलाई शुरुमा कार्यान्वयन गर्न आईजीपी खनाल अनईच्छुक देखिए पनि अन्तिममा आएर प्रचण्डको सिफारि अनुसार नै सरुवा भएको थियो । प्रचण्डको फोन आएपछि आईजीपी लुथ्रुक्क परेका थिए भने मुख्यालयमा खैलावैला मच्चिएको एक प्रहरी अधिकारीले अहिले खुलासा गरेका छन् ।

सापकोटाले एसपी विनोद घिमिरेलाई सिफारिस गरेका थिए भने एसपी प्रज्वल महर्जन प्रचण्डबाट फोन गराएर सिन्धुपाल्चोक पुगेका छन् । काभ्रेका एसपी जयराज सापकोटाको सिकायत प्रहरी मुख्यालयसम्म पुगेपछि उनी तनावमा परेका छन् ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराई झापाका एसपी दिनेश मैनाली लगायत आधा दर्जन एसपीको ‘कम्प्लेन’ प्रहरी मुख्यालय र गृहमन्त्रालयमा समेत पुगेको बताईन्छ । झापाका एसपी मैनालीलाई तानेर जिल्ला प्रहरी प्रमुखहरुको सरुवामा वरिष्ठ नेताहरुको सिफारिस शिरोधार्य गरेका आईजीपी खनालले नेकपा नेता प्रभु शाहलाई भने टेरेनन् ।

नेता शाहले रौटहटका एसपी भुपेन्द्र खत्रीलाई सरुवा गर्न सिफारिस गरेका थिए । नेता शाहले आफूले गरेको सफिारिस आईजीपीले नमानेपछि आगो भएका छन् । आईजीपीका विश्वासपात्र खत्री भने रौटहटकै नेकपाका बरिष्ठ नेता माधव नेपालकहाँ पुगेको बताईन्छ ।

प्रदेश प्रमुखदेखि जिल्ला प्रमुखसम्म व्यापक सरुवा गरेको प्रहरी मुख्यालय अहिले प्रहरी नायव उपरीक्षक(डिएसपी)हरुको सरुवाको तयारीमा जुटेको छ । विशेष गरी काठमाडौका प्रहरीवृत्तहरुमा रहेका डिएसपीहरुको ‘पर्फरमेन्स’ नदेखिएको भन्दै उनीहरुलाई तानेर नयाँ डिएसपी पठाउने तयारी भएको मुख्यालय स्रोतले बताएको छ ।

प्रहरी वृत्त गौशालाका डिएसपी प्रदिपकुमार सिंहमाथि छानविन भईरहेको छ भने कोटेश्वरमा कार्यरत मोडल प्रहरी निरिक्षक एलिजा गिरी त्यहाँबाट तानिएकी छन् । गिरीको ठाउँमा सुभद्रा वाईवा पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्