प्रदेश एकको नामाङ्कन र राजधानीबारे चर्को बहस सुरु



मोरङ: प्रदेश नम्बर एकको नामाङकन र राजधानीको विषयलाई दसैं चाडको पूर्वसन्ध्यामा चर्काचर्की पर्न थालेको छ।

 

प्रदेशका मुख्यमन्त्री शेरधन राईले यसअघि नामाङकन र राजधानीका विषयमा सहमति र सहजतासँगै अघि बढ्ने बताए पनि त्यसविपरीत राजधानीलाई विकेन्द्रित रुपमा अघि बढाउने खेल भइरहेका भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीव्र आलोचना गरेको छ।

 

आइतबार विराटनगरस्थित प्रदेश सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सत्ता पक्षले दुइ तिहाइको दम्भमा राजधानीलाई विभक्त गर्ने खेलमा लागेको आरोप लगाए।

 

सचेतक कार्कीले शून्य समयमा बोल्दै भने, प्रतिपक्षी दल तथा सरोकारवाला निकायसंग समन्वय र छलफल नै नगरि राजधानीको बारेमा सरकारले गतिविधी थालेकोमा असन्तुष्टि ब्यक्त गरे।

 

उनले भने, प्रदेश सरकारले राजधानीका विषयमा के धारणा बनाउदै गएको हो विभिन्‍न सञ्‍चारमाध्यममा छरपस्ट आउदै गएकाछन्, यहा कस्तो खिचडी बन्दैछ त्यसबारे सदनलाई स्पस्ट पार्नुपर्नेमा जोड दिए।

 

प्रदेशका सांसदहरुले राजधानीका विषयमा बाहिर दिइरहेको अभिब्यक्तिले आफूहरुलाई झस्काउदै गएको बताएका कार्कीले भने, बृहत विराटनगरको नाममा राजधानीलाई अन्यत्र सार्नु हित विपरित हुने स्पस्ट पारे।

 

त्यसैगरी, कांग्रेसका सांसद सुयर्माराज राईले प्रदेशको नाम र राजधानीको विषयमा अन्तिम निर्णय गर्न ढिलो हुदै गइरहेकोमा चिन्ता व्‍यक्त गरे।

 

उनले यसैका लागि राजधानी १४ जिल्लामा टुक्रा टुक्रामा विभाजन गर्ने कुरा संघीयताको भावना विपरीत हुने स्पस्ट पारे।

 

राजधानीका लागि प्रदेशका निकाय एकै स्थानमा हुनुपर्नेमा जोड दिएका राईले दुइ तिहाईको दम्भ प्रदर्शन नगर्न चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्