सलमानले किन मानेन्न आलियासँग फिल्म खेल्न ?



एजेन्सी : बलिउड सुपरस्टार सलमान खान र फिल्ममेकर सञ्जय लीला भन्सालीको फिल्म ‘इन्साअल्लाह’ घोषणादेखि नै चर्चामा थियो । लामो समयपछि सलमान र भन्सालीले एकसाथ काम गर्ने चर्चा पनि चलेको थियो ।

फिल्ममा सलमानले पहिलोपटक नै आलिया भट्टसँग काम गर्न गइरहेका थिए । दर्शक पनि यी दुईको केमेष्ट्री हेर्न आतुर थिए । तर, फ्यानको यो इच्छा पूरा हुन सकेन । किनकि, सलमान खानले फिल्म छोडिदिए । यसको कारणमा कैयन् कुरा अगाडि आएका छन् ।

सलमान र भन्सालीबीच स्क्रिप्टलाई लिएर विवाद भएको पनि चर्चा थियो । सलमान स्क्रिप्टमा परिवर्तन चाहन्थे र आलियाको सट्टा अरु कुनै नायिका लिन चाहन्थे । यी कुनै पनि कुरामा सलमान या भन्सालीले औपचारिक जानकारी दिएनन् ।

यतिबेला भने खबर आएको छ कि सलमानले आलिया भट्टसँगको चुम्बन दृश्यका कारण फिल्म छोडेका हुन् । भारतीय मिडियाका अनुसार ‘इन्साअल्लाह’ को स्क्रिप्टमा सलमान र आलियाको केही लिप किस थियो ।

सबैलाई थाहा छ कि, सलमान फिल्ममा लिप किस दिन चाहँदैनन् । सलमानको फिल्म केवल बच्चादेखि बूढापुस्ताले पनि हेर्छन् । त्यसकारण सलमान खानले किस सिन काट्न लगाएका थिए । तर निर्देशकले परिवर्तन गर्न मानेनन् । त्यसपछि सलमानले फिल्म छोड्ने फैसला गरे ।

यो फिल्ममा अब ऋतिक रोशनले अभिनय गर्ने चर्चा छ । तर, सलमानको रिप्लेसमा को हुनेछन् भन्ने अझै पक्का भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्