सिन्धुलीमा बस दुर्घटना हुँदा १७ जना घाईते



सिन्धुली : सिन्धुलीबाट विपि राजमार्ग हुदै काठमाडौ आउँदै गरेको बस आज दुर्घटना हुँदा १७ जना घाईते भएका छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौं आउँदै गरेको ना.३.९६८४ नम्बरको बस सिन्धुलीकै सुनकोसी गाउँपालिका– ६ कानढुंगामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले सडक माथिबाट आउको लेदोमा चिप्लिएर बस २० मिटर तल खसेको बताए ।

घाईतेहरुको खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । केही घाईतेहरुलाई धुलिखेल अस्पताल जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्