‘काले दाई’ असोज १७ गतेबाट प्रदर्शनमा आउने



काठमाडौं : आयुर्वेदिक पसल सञ्चालन गर्दै आएका ईन्द्र रामजाली नेपाली चलचित्र ‘काले दाई’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका छन् ।

नेपाल सेनामा कार्यरत युवाको कथा आधारित चलचित्र ‘काले दाई’ विजया दशमीको अवसर पारी यही असोज १७ गतेबाट प्रदर्शनमा आउँदै छ ।

शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

चलचित्रको कथालाई ईन्द्र रामजाली र किशन अर्यालले लेखेका छन् भने सम्शेर गुरुङ र रामजालीको लगानी छ । अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्