नायिका आलिया भट्टलाई लाग्यो चोरीको आरोप !



काठमाडौं : बलिउड अभिनेत्री आलिया भट्टलाई चोरीको आरोप लागेको छ । ‘प्राडा’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत मार्फत आलियाले म्युजिक भिडियोमा डेब्यु गरेकी छन् । सोही गीतलाई नै चोरीको आरोप लागेको हो । पाकिस्तानी अभिनेत्री मेहविश हयातले आलियाले प्राडा गीत चोरेको आरोप लगाएकी छन् । उक्त गीतको भिडियोलाई अत्यन्तै मन पराइएको थियो ।

मेहविशले ‘वाइटल साइन’ एल्बम्को ‘गोरे रंगका जमाना’ बोलको पाकिस्तानी गीतसँग आलियाको प्राडा गीत मिलेको बताएकी छन् । उनले टुविटमार्फत आलियालाई गीत चोरीको आरोप लगाएकी हुन् ।

उनले लेखेकी छन्, ‘यो निकै अजिब कुरा हो । बलिउडको हरेक कार्यक्रममा पाकिस्तानलाई गाली दिने गरिन्छ, तिरस्कार गरिन्छ । तर पनि पाकिस्तानको हरेक गीत चोरिन्छ । उनीहरुलाई कपीराइट उल्लंघन र रोयल्टीबारे केही मतलब छैन ।’

यहि विषयले अहिले बलिउमा चर्चा पाएको छ । यसो त मेहविश बलिउड र हलिउडको अलाचना पछि नहट्ने गायिका समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्