बिकिनी अवतारमा खुल्दै छिन स्वस्तिमा (फाेटाे सहित)



काठमाडाैं : नायिका स्वस्तिमा खड्का पछिल्लो समय बिकिनी अवतारमा खुल्दै जान थालेकी छिन् । सामाजिक सञ्जालमा उनले बिकिनी अवतारका तस्वीरहरु शेयर गर्न थालेको लामो समय भइसकेको छ ।

केही समयअघिसम्म पनि उनलाई सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो । चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि भने स्वस्तिमाको अभिनयको तारिफ हुन थाल्यो । यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन् ।

पछिल्लो समय भने उनले सामाजिक सञ्जालमा उनले आफ्नो बिकिनी अवतारलाई निरन्तर प्रस्तुत गर्न थालेकी छिन् । त्यसो त केही पहिलेसम्म यसरी बिकिनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे ।

अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ । समाज सामान्य बन्दै गएपछि नायिकाहरुलाई अझ खुला हुन पो मन लागेको हो कि ? जे होस्, बिकिनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन् ।

सामाजिक सञ्जालमा जसरी रमाए पनि दर्शकको साथ पाउन भने अभिनय नै राम्रो गर्नुपर्ने हुन्छ । अब ‘घामड शेरे’ र ‘चपली हाइट ३’ मार्फत दर्शकमाझ आउन लागेकी स्वस्तिमाले अभिनयमार्फत दर्शकलाई आफ्नो बनाउन सक्छिन् कि सक्दिनन्, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्