पेट पुट्ट निस्किएको छ ? यसरी घटाउनुस्



धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै असजिलो महसुस हुन्छ । यस्तो पेटले गर्दा लुगा लगाउँदा पनि पेट लुकाउनै सास्ती हुन्छ भने आफूलाई मन परेको लुगा लगाउन नपाउने समस्या समेत हुन्छ ।

यसरी पुट्ट निस्केको पेटलाई कम गर्न यस्ता विधिहरु अपनाउन सकिन्छ :

दिनको सुरुवात कागती पानीबाट

पेटमा जमेको बोसो कम गर्नका लागि कागती पानी एक उत्कृष्ट विकल्प हो । यदि बिहान मनतातो पानीमा कागती मिसाएर पिउने हो भने निकै फाइदा पुग्छ । यसरी नै बिहान कागती पानी सेवन गर्दा मोटाबोलिज्म त ठीक हुन्छ नै, पेटमा जमेको बोसो पनि कम हुन्छ ।

गुलियो एवं मिठाई निषेध

यदि तपाई पेटमा जमेको बोसो घटाउन चाहनुहुन्छ भने गुलियो एवं मिठाइबाट टाढा रहनुहोस् । गुलियो पदार्थले पेटमा अतिरिक्त बोसो जमाउँछ ।

बिहान काचो लसुन

विहान उठेपछि नियमित रुपमा दुई/तीन केस्रा लसुन चपाउनुपर्छ । त्यसपछि कागती पानी पिउनुपर्छ । यो निकै प्रभावकारी उपाय हो । यसले तौल त घटाउँछ नै, शरीरको रक्त प्रवाह पनि सुचारु गर्छ ।

ओमेगा ३ फ्याटी एसिड

ओमेगा ३ फ्याटी एसिड शरीरको लागि एकदमै लाभदायक हुन्छ । मांसहारीले यसलाई माछाको माध्यामबाट लिन सक्छन् । माछामा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । शाकाहारीले चाहि बन्दा, फूल गोभी, ओखर आदिको सेवन गर्नुपर्छ ।

पर्याप्त हरियो सब्जी

आफ्नो खानामा सब्जी र फल सामेल गरौ । यसबाट भरपुर मिनरल र भिटमिन मिल्छ । पेट पनि भरिन्छ । यस्ता खानेकुराले पेटमा अतिरिक्त बोसो जम्मा हुन पाउँदैन ।

जंकफूडमा बन्देज

यदि तपाई पेट घटाउन चाहनुहुन्छ भने जंकफूड सेवन पूर्णत बन्द गर्नुहोस् । किनभने यसले तौल बढाउने भूमिका खेल्छ । यससँगै कम चिप्लो, मसलेदार खानेकुरा सेवन गरौं ।

अन्य उपाय

– बिहान १५ देखि २० मिनेटसम्म आफुलाई सहज हुने हिसाबले दौडनुपर्छ ।

– १५ मिनेट जति व्यायाम गरौं । योग गरौ ।

– दिनभर कार्यलयमा बसेपनि सानोतिनो शारीरिक काम आफै गर्नुपर्छ । अर्थात निस्क्रिय बस्नु हुन्न ।

– एकसाथ धेरै खानेकुरा सेवन नगरौं । एक पटकमा थोरै थोरै खानेकुरा सेवन गरौ । बरु, धेरै पटक सेवन गरौ ।

– खानामा साग र सलादको मात्रा अत्याधिक हुनुपर्छ ।

– मासुजन्य पदार्थ, दुधजन्य पदार्थ, कोल्ड ड्रिक्स , जंक फूड, मसलेदार, तारेको खानेकुरा सेवन नगरौ ।

– सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं । सँग सब्जी उसिनेर सेवन गरौ ।

– खाना खानसाथ सुत्ने वा दिउँसो सुत्ने गर्दै नगरौं ।

– राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गरौं ।

प्रतिक्रिया दिनुहोस्