नेपाल-अफगानिस्तान भिड्दै



काठमाडौं :  एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा जित हात पार्ने पर्ने खेलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ।

बंगलादेशको साभारमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

समूह एमा रहेको नेपाललाई शनिबार भएको पहिलो खेलमा भारतीय युवा टिमले १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भारतले प्रतियोगितामा २ जित निकालेको छ भने अफगानिस्तानले पनि १ जित हात पारिसकेको छ। त्यसैले अन्तिम चारमा पुग्न नेपालले अफगानिस्तानलाई हराउन पर्छ।

नेपाल रहेको समूह एमा यूएई पनि छ। अन्तिम खेलमा नेपालले यूएईसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्