ठगी नियन्त्रण गर्न टिकट काउन्टरमा ‘सुराकी प्रहरी’



काठमाडाैं : ट्राफिक प्रहरीले दसैं तिहारलाई लक्ष्य गरी भीडभाड हुने क्षेत्र र यातायात कम्पनीका टिकट काउन्टरहरूको गोप्य निगरानीका लागि सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ । उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी महाशाखाले भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी गरेको हो ।

 

यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरैवटा सिटको टिकट बेच्ने, तोकिएको मूल्यभन्दा बढी रकममा टिकट बिक्री गर्नेजस्ता गुनासाहरू प्रत्येक वर्ष आउने गरेकाले त्यस्ता घटना हुन नदिन सादा पोसाकका प्रहरी खटाइने र उनीहरुले भीडभाड हुने स्थल र काउन्टरमा भइरहेको गतिविधिबारे सूक्ष्म निगरानी गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

 

ट्राफिक प्रहरीले यात्रुलाई सहज रूपमा यात्रा गर्ने वातावरण बनाउन र ठगिनबाट जोगाउन प्रत्येक वर्ष चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्दै आएको छ । नजिकिँदो दसैंका लागि मात्रै उपत्यकामा १ हजार ४५० ट्राफिक प्रहरी पोसाकमा र १५० को संख्यामा सादा पोसाकका ट्राफिक प्रहरी परिचालन गर्ने तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी वसन्त पन्तले जानकारी दिए ।

 

‘उपत्यकामा १ हजार ४५० ट्राफिकहरू पोसाकमा खट्नेछन्, यस्तै १५० प्रहरी सादा पोसाकमा खटाउने तयारी भएको छ, केहीलाई नागरिक सहायता कक्षमा परिचालन गरिसकेका छौं,’ महाशाखा प्रमुख पन्तले  भने ।

 

ट्राफिक प्रहरीले उपत्यका भित्रिने तथा बाहिरिने विभिन्न नाकामा स्पेसल अफिसरको कमान्डमा दिउँसो र राति विशेष चेकजाँचसमेत गर्ने व्यवस्था मिलाएको छ ।

 

चाडवाडका बेला सडक दुर्घटना बढी हुने गरेकाले त्यसको नियन्त्रणका लागि र सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेकाले सोको समेत चेकजाँचका लागि दिउँसो र राति दुवै समयमा स्पेसल अफिसरको कमान्डमा सुरक्षा चेकजाँच टोली खटाइने ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

 

दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरिसकेको छ । राजधानीको कलंकी, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

 

सहायता कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिकसम्बन्धी गुनासाहरू राख्न सकिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सो सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु पनि रहनेछन् ।

 

सहायता कक्षमा र टिकट काउन्टरमा ट्राफिक प्रहरीले विभिन्न स्थानमा जानका लागि पर्ने भाडाको दर रेट देखिने गरी राख्ने व्यवस्थासमेत गरेको छ ।

 

यसैगरी, नागढुंगा खडकखण्डमा हुने जाम र ठूला मालवाहक सवारी बिग्रेर घण्टौंसम्म हुने अवरोधका लागि समेत आवश्यक तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

महाशाखाको रेकर्डअनुसार गत वर्ष दसैंअघि उपत्यकाबाट २५ लाख यात्रु बाहिरिएका थिए । हाल दैनिक ८ हजार यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना