मुख्यमन्त्री राउतद्वारा अञ्चल अस्पताल निरीक्षण



जनकपुरधाम : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । 

 

अस्पतालबाट विभिन्न गुनासो आउन थालेपछि आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीहरुको विवरणसहित अवस्था २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् । 

 

मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकारमातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन् । 

 

उनले विकास समितिमा लामो समयदेखि कार्य गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको बताए । उनले भने, ‘विकास समितिको नाउँमा भएको अनियमित भर्ना अब स्वीकार्य हुँदैन ।’

जनकपुर अञ्चल अस्पताललाई प्रदेशको केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालकै रुपमा विकास गर्ने उद्देश्य पनि प्रदेश सरकारको रहेको उनले उल्लेख गरे ।

 

निरीक्षण टोलीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त मुख्यसचिव हरिप्रसाद फुयाँलसहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्