माग पूरा नगरिएकाे भन्दै विद्यार्थीद्वारा प्रदर्शन



जनकपुरधाम : जनकपुरका रामसागर रामस्वरूप बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आन्दोलन जारी राखेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्दै हिजो (आइतबार) राजपानिकट विद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई मोसो दलेका थिए ।

 

कलेजसुधारलगायत १९ बुँदे माग पेस गरेका विद्यार्थीहरूले सुनुवाइ नभएको भन्दै आज क्याम्पस प्रशासन अगाडिबाट नगर परिक्रमा गरी जिन्दावाद, मुर्दावादको नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्