सल्मान खान किन ‘किस सिन’ दिन मान्दैनन् ? यस्ताे छ कारण



एजेन्सी : बलउिडका चल्तीका नायक सल्मान खानले आफूले कुनै पनि सिनेमामा ‘किस सिन’ नदिने बताएका छन् । उनले सिनेमा सबैले हेर्ने खालको र पारिवारिक हुनुपर्ने भन्दै उक्त कुरा भनेका हुन् । र, यस निर्णय उनी अद्यापि अडिग पनि छन् । त्यसो उनले अभिनय गरेका पुराना सिनेमामा त्यस्तो दृश्य विरलै देखिन्छ । 

 

सलमानले कुनै पनि फिल्ममा आफूले किस सिन नदिने भनेर घोषणै गरेका थिए। हालै आफ्नो नयाँ फिल्म ‘लवयात्री’ को प्रमोसनका क्रममा आयोजित एक पत्रकार सम्मेलनमा यो विषय निस्कियो । जवाफमा सलमानले किस सिन फिल्ममा अत्यावश्यक नहुने प्रतिक्रिया दिए ।

 

कुनै पनि फिल्म परिवारका सदस्यहरु सँगै बसेर हेर्न मिल्ने हुनुपर्ने उनको तर्क थियो । उनले आफ्नै परिवारको उदाहरण दिँदै भने, ‘हामी परिवार सँगै टिभी हेरेर बस्दा कुनै अश्लिल सिन आयो भने सबैलाई असहज हुन्छ । त्यतिबेला कि अर्कोतिर फर्किनुपर्छ कि रिमोट थिच्नुपर्छ ।

 

अरु परिवारमा पनि सायद यस्तै हुन्छ होला । म चाहन्न कि मैले खेलेका कुनै फिल्म टिभीमा आउँदा दर्शकले च्यानल बदल्नु परोस । साथै दर्शकले परिवारसहित मेरो फिल्म हलमा आएर हेर्ने खालको हुनुपर्छ ।’

 

सलमानले कुनै पनि फिल्ममा नायिकासँग इन्टिमेट सिन दिन आफूलाई गाह्रो हुने गरेको पनि सुनाए । पहिलो फिल्मको घटना संझिदै उनले भने, ‘मैने प्यार कियाको सुटिङका क्रममा मैले नायिका भाग्यश्रीलाई शरीरमा बाम लगाइदिनुपर्ने दृष्य थियो । त्यो दृष्यको सुटिङ गर्दा मैले लाजले आँखा उघार्नै सकेको थिइनँ ।’

 

सलमानले अश्लिल सिनको सहायताले फिल्म चलाउने पक्षमा आफू नरहेको बताए । उनले भने, ‘अश्लिल सिनबिना नै मेरा फिल्म हिट भइरहेका छन्, भोली पनि हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्