घोडाघोडी तालकाे प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने



                                          रामसार सूचीमा रहेकाे कैलालीमा अवस्थित घाेडाघाे‍डी ताल

 

धनगढी : रामसार सूचीमा रहेको कैलालीको पर्यटकीय क्षेत्र घोडाघोडीको प्रचारप्रसारको लागि महोत्सव आयोजना गरिने भएको छ । 

माघ १४ देखि २३ सम्म कैलालीको सुक्खडमा घोडाघोडी सहायता केन्द्रले आयोजना गर्न लागेको ‘घोडाघोडी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०७५’ को तयारी गरिएको छ ।

 

सोमबार एक कार्यक्रम आयोजना गरी स्थानीय कला संस्कृति र व्यापार, घोडाघोडी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सघाउने मुल आयोजक समितिका संयोजक होम आचार्यले बताए । 

 

१० दिनसम्म चल्ने महोत्सवले स्थानीय कला संस्कृतिले स्थान पाउनुका साथै व्यापार तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आचार्यले बताए ।

 

महोत्सवको मुख्य आर्कषणका रूपमा थारू गाउँ, मगर गाउँका साथै एक सयभन्दा बढी व्यापारिक स्टल रहनेछन् । साथै स्थानीय तथा राष्ट्रिय चर्चित कलाकार समेत प्रस्तुती रहने आयोजक समितिले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्