धमाधम फिल्म साइन गर्दै ‘केदारनाथ गर्ल’



एजेन्सी : फिल्म ‘केदारनाथ’बाट बलिउडमा आएकी सारा अली खानले उक्त फिल्मबाट राम्रै चर्चा कमाइन् । केदारनाथ अझै प्रदर्शनकै क्रममा पनि छ ।

 

जसले उनको चर्चा अझै बाँकी नै छ । यस फिल्मको चर्चासँगै उनलाई अन्य कैयौं फिल्ममा काम गर्ने अवसर पनि आए । उनी अभिनीत ‘सिम्बा’ यही डिसेम्बर २८ मा आउँदै छ । यस फिल्मा उनी रणवीर सिंहको जोडी बनेकी छन् । उनले भटाभट फिल्म साइन गर्दै छिन् ।

 

अभिनेता कार्तिक आर्यनको अपोजिट रोलमा अर्को फिल्मसमेत साइन गरिसकिन् । अहिले आएका खबरअनुसार उनले ‘बागी ३’ मा टाइगर श्राफसँग खेल्ने पक्का गरेकी छन् । साजिद नाडियावालाको निर्माणमा यस फिल्म बन्ने छ । दिशा पाटनी खेल्ने भनिए पनि यसको मौका भने साराले नै पाइन् । 

प्रतिक्रिया दिनुहोस्