‘बाहुबली’पछि प्रभासकाे नयाँ अवतार ‘साहाे’



एजेन्सी : बलिउड फिल्म ‘बाहुबली’ले दक्षिण एसियामै चर्चित बन्यो । दुई सिक्वेलमा रिलिज यस फिल्मका नायक सुपरस्टार प्रभास बाहुबलीपछि ‘साहो’मा देखिने भएका छन् । बलिउडका सुपरस्टारको नयाँ फिल्म ‘साहो’को प्रदर्शन मिति पनि तोकिएको छ ।

 

फिल्म समीक्षक तरुण आदर्शले ट्विटमार्फत फिल्म ‘साहो’को प्रदर्शन मिति तय भएको जानकारी गराएका हुन् । उनका अनुसार ‘साहो’ २०१९ अगस्ट १५ बाट प्रदर्शनमा आउने छ । फिल्ममा प्रभासका साथमा अभिनेत्री श्रद्धा कपुर देख्न सकिन्छ ।

 

९० प्रतिशत वास्तविक एक्सन दृश्य समावेश गरिएको फिल्मलाई सुजित रेड्डीले निर्देशन गरेका हुन् । पर्दाका दर्शकलाई वास्तविक एक्सनको अनुभव मिलोस् भनी ३७ कार र ३७ ट्रकको वास्तविक दुर्घटना गराइएको थियो ।

 

यस फिल्ममा गरिने अन्य सबैखाले घटनालाई वास्तविक बनाउन खोजिएको निर्देशक रेड्डीले बताए । फिल्लमा निल नितिन मुकेश र मन्दिरा बेदी खलानायक बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्