सुदुपश्चिममा युुथ भ्वाईसको बढ्दो लोकप्रियता, जसले निर्मला हत्या प्रकरणदेखि झन् सक्रियता देखायो 



कैलाली । तत्कालिन समयमा समाजमा विभिन्न किसिमका आन्दोलन, हत्या, हिंसा, बलात्कार लगायतका समसामयीक विषयमा युथ भ्वाईस ग्रुप अर्थात युवाहरुको आवाज समुहले लगातार रुपमा महेन्द्रनगर, धनगढी, अत्तरीयामा सडक नाटक गरिरहेको छ । 

गत हप्ता महेन्द्रनगरबाट सुरु गरेको सडक नाटक कार्यक्रम सोमबार धनगढीको चौराहामा प्रस्तुत गरेका छन् । सो सडक नाटक लगातार रुपमा अत्तरिया, झलारी लगाएत देशका विभिन्न ठाउँमा देखाउने कार्यक्रम रहेको युथ भ्वाइृस ग्रुप महेन्द्रनगरका संस्थापक अध्यक्ष सुनिल सिंह बोहराले जानकारी दिए ।

 उनले भने हामी न्यायका लागी टाएर बाल्दैनौ, सडक चक्काजाम गर्दैैनौ, सरकारी अफीस लाएत बजार व्यवसाय बन्द गार्दैनौ, हामी न्याय माग्छौ तर शान्तीपूर्ण तरिकाबाट चरणात्मक किसिमले न्यायको लागि लड्छौं र लड्दै आएका छौ । अध्यक्ष बोहराले समाज परिर्वतनमा युवाहरुको महत्तपुर्ण भूमिका रहेको बताए । 

स्थापना कालदेखि नै समाज परिर्वतनको लागि काम गर्दै आएको युथ भाईस ग्रुप निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणको आन्दोलनमा पनि निकै फरक तरिकाले प्रस्तुत भएको थियो ।

 सोही आन्दोलनमा आन्दोलनकारीले जलाएका टाएर निभाएर र आन्दोलनको क्रममा सडकमा भएको फोहर सफा गरी उदाहरणिय काम गरेको भन्दै सबै क्षेत्रबाट प्रशंसा पाईरहेको युथ भ्वाईले सडक नाटकमा पनि निकै सफलता पाईरहेको सचिव प्रदिप पालले जानकारी दिए । 

सोमबार धनगढीमा भएको सडक नाटक कार्यक्रममा बैदेशीक रोजगारीमा जानुको बाध्यता र विदेशीको पिडा, युवा हरुमा बढ्दो बेरोजगारीले समाजमा भित्रिएका विकृति विसंगति र तत्कालिन समयमा आफ्ना हक अधिकार र न्यायको लागी सडकमा आएर विभिन्न किसिमका आन्दोलन तथा अराजक गतिविधि गर्ने प्रवृतिलाई नियन्त्रणको लागि सडक नाटक मार्फत सन्देश दिएका थिए । 

उक्त कार्यक्रम युथ भ्वाईस ग्रुप महेन्द्रनगरद्घारा तयार पारिएको र युथ भ्वाईस ग्रुप धनगढीको आयोजनामा सञ्चालन भएको धनगढी अध्यक्ष उमेश बडुले जानकारी दिए  । उनले देश बनाउने र देश जोगाउने जिम्मा युवाहरुको काधमा रहेको बताए । 

सोमबार दिउँसो १ बजेदेखि सुरु भएको सडक नाटक झण्डै तीन हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको युथ भ्वाईस धनगढीका कोषाध्यक्ष रिना कुमारी चौधरीले बताईन् । देश र समाजको लागी केही गर्ने उद्देश्यले युथ भ्वाईसमा लागेको र  युथ भ्वाईसप्रति युवा युवतिहरुको आकर्षण बढ्दो क्रममा रहेको जानकारी दिईन् । 

लागातार रुपमा निरन्तर चार घण्टा देखाईएको सडक नाटकमा युथ भ्वाईस ग्रुप धनगढीका सदस्य तुलसी भट्टले महिला हिसां सम्बन्धी गजल प्रस्तुत गरेकी थिईन भने बीचबीचमा युवाहरुको विभिन्न प्रतुति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्