‘परदेशीको दशैं’



काठमाडौं : विदेशी भूमीमा रहेरपनि नेपालीले आफनो चाडपर्व भूल्न सक्दैनन् । अझ दशैं तिहार जस्तो ठुला चाडपर्वमा त झन याद नआउने कुरै भएन। कामका कारण ठुला ठुला चाडपर्वमा पनि विदा नमिलेर नेपाल आउन नपाउँदा धेरै दुख लाग्ने प्रवासीहरु बताउछन्।
सामाजिक संजालहरुमा दशैंको शुभकामना आदान प्रदानको चाङ लागे पनि आफन्त, नातागोता एवम इष्टमित्रको भेट छैन । विदेशी मरुभूमीमा पहिलो कुरा, दिनचर्या नै व्यस्त हुन्छ । अर्को भनेको न छुट्टी, न भेटघाट । त्यसमा पनि दशैंको साईत उत्रा र यता फरक पर्छ। तर मन भुलाउन भएपनि नेपालीहरुले चाडवार्ड मनाउने गरेका छन्। यो वर्षको दशैंमा पनि जसो तसो समय मिलाएर जापान मै दशैं मनाउने योजना बनाएका केहि नेपालीहरुसंग हामीले कुराकानी गरेका छौं । उनीहरुले दशैंमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई तथा आफन्तहरुसंग एकआपसमा झमघट गर्ने योजना बनाएका छन्।
गिता रिमाल – जापान


मेरो घर नुवाकोट हो । म जापानको मिनाकामे भन्ने ठाउँमा बस्छु। जापान आएको ३ वर्ष भयो। हामी यो वर्षको दशैं मान्न नेपाल नै फर्कने सोच बनाएका थियौ। तर बिदा मिलेन। नेपालको हरेक चाडपर्व मलाई धेरै याद आउछ। अर्काको ठाउँमा आफुले भनेको समयमा बिदा मिल्दैन। हाम्रो पनि रहर हैन बाध्यता हो जन्मभुमि छोडेर अरुको देशमा काम गर्नु। अरु समयमा त नेपालको धेरै याद आइरहन्छ अझ चाडपर्वमा त याद नआउने कुरै भएन।
विशेष गरेर दशैमा नेपालमा रहदा गाउँका सबै साथिहरु मिलेर सहरबाट गाउँ जादा, पिङ खेलेको, आफन्तसंगको भेटघाट, नाचगान, सरसफाई र घर लिप पोत गरेको, दशैंको सपिङ लगाएत धेरै कुराको याद आउछ। यसपालीको दशैमा हामी साथिभाई मिलेर एक ठाउँमा भेटघाट गरेर टिका लगाउने भन्ने सोच बनाएका छौं। जमरा पनि म आफैले राखेको छु। नेपालमा जस्तो रमाइलो नभए पनि मन भुलाउने एउटा पाटो मात्र हो। तर पनि कति साथिहरुको बिदा मिलेको छैन। मैले भने पहिलेदेखि भनेर बिदा मागेकोले बिदा दिएको छ तर मेरो श्रीमानको बिदा मिलेन। उहाँले टिका लगाएर काममा जाने सोच बनाउनु भएको छ। नेपालमा गएर दशै मनाउन नपाउँदा धेरै नरमाइलो लाग्छ।

सबिना भण्डारी – जापान


मेरो घर काठमाडौं हो। म जापान आएको ४ वर्ष भयो। म पनि यसपालीको दशैं नेपाल मै गएर मनाउने सोचेको तर बिदा मिलेन। अब अर्को वर्ष नेपाल आएर मनाउने योजनामा छौं तर खै बिदा मिल्ने हे कि हैन। दशैं आयो कि, नेपालको धेरै याद आउछ। बुबा ममि आफन्त साथीसंगीहरुको खुबै याद आउँछ । आहा, साथी साथी मिलेर चङगा उडाएको, घर चिटिक्क पारेको घेरै याद आउछ तर यहाँ त के दशै? के चाडपर्व ? यहाँ त रातो टिका लगायो भने, रगत आएछ भन्छन्, कोहि टिकासम्म पुछिदिन आउछन्। कोहि रमाइलो मानेर फोटो खिच्न आउछन्। यस्तै छ परदेशि जिन्दगी। यसपालीको दशै चै श्रीमानले मलाई टिका लगाई दिनु हुन्छ म उहाँलाई लगाई दिन्छु। नजिकको साथिहरुको बिदा मिलेन। यसरीने मनाउने सोचेका छौं।

मादप नेपाल – जापान


मेरो घर धादिङ हो म जापान आएको ७ वर्ष भयो। ७ वर्ष जापान बसेपनि कति वर्ष त बिदा नमिलेर दशैनै मनाउन पाइन। २÷३ वर्ष चै साथिहरसंग भेटघाट गर्ने आफु भन्दा ठुलाको हातबाट टिका लगाउने आफु भन्दा साना छन् भने मैले टिका लगाइ दिने यसरी नै मनाइरहेका छौ। यो वर्षको दशैंमा जसो तसो विदा मिलाएको छु। साथिभाइसंग मिलेर रमाईलो गर्ने योजना बनाएको छु। अरु त खासै कहि छैन। नेपालको दशैं भेरै मिस गर्छु। बाबा, आमा एवम आफन्तहरुले दिने अमुल्य आर्शिवादको क्षण र निधार भरीको टिका, साथी भाईहरु सँग टिका लगाउन, गाँउ गाँंउ डुलेका। परिवार सबै मिलेर तास खेलेको, आफन्तले ल्याएका कोसेली चोरी चोरी खानु, पिङग बनाएको यस्ता धेरै याद छन्। जुन कुरा सम्झदा यहिले पनि आँखा रसाउछ।

सबिन थापा – जापान


९ वर्ष भईसक्यो नेपाल छाडेर जापान आएको । विदेशमा दशैं सारै मिस हुन्छ । न काम बाट छुट्टी हुन्छ । एक त नेपाल जान बिदा मिल्दैन अर्को भनेको यहि बसेर भएपनि साथिभाई भेटघाट गरेर मनाउ भनेको बिदा नै मिल्दैन । यस्तै छ विदेशी जिन्दगी। न त मान्यजनको आर्शिवाद, न पिङगको आनन्द, जापानमा त हरेक पटक दशै कल्पना गर्दै मनाउन बाध्य छौं। नेपालमा हुँदा दशैंको बेला साथीहरु भेला भएर तास पनि खेलिन्थ्यो, पिङ हालेर मज्जाले खेलिन्थयो । गाउँ डुलेर विजयदशमीको दिन मान्यजनबाट टिका र जमरा लगाएर आर्शिवाद थापिन्थयो । गलफ्रेन्डसंग घुम्न गइन्थ्यिो । जापान आए यता त्यो क्षण सबै अतित भईसक्यो । यता आएपछि कुनै दशै मनाउन पाइदैन। कुनै दशै भने बलबल बिदा मिलाई दिन्छन्। यसपाली चै बिदा मिलाएको छु। एउटा साथिको बुबा आउनु भएको छ। उहाँको मै गएर टिका लगाउने रमाउने योजना बनाएको छ। हामी नेपाली जहाँ रहे पनि हाम्रो धर्म संस्कार भुल्न हुदैँन भन्ने लाग्छ।

प्रतिक्रिया दिनुहोस्